सनराइजको एसएमइ कर्जा: कागजात पेश गरेको २४ घण्टामा एक करोड रुपैयाँसम्म सहुलियत कर्जा

बिजमाण्डू
२०७६ फागुन ११ गते १५:०४ | Feb 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले ज्ञान  र सीप भएका तर पुँजी अभावले उद्योग व्यवसाय संचालन गर्न नसक्ने व्यक्तिलाई लक्षित गर्दै सरल एसएमइ कर्जा ल्याएको छ।

योजना अन्तर्गत ग्राहकले आवश्यक सबै कागजात पेश गरेको २४ कार्य घण्टामै कर्जा दिने बैंकले दाबी गरेको छ। ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याजमा दिने बैंकले जनाएको छ। बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट दिने जनाएको छ।

यो वाहेक बैंकले सम्वन्धित व्यक्तिलाई निशुल्क क्रेडिट कार्ड समेत दिने विज्ञप्तिमा उल्लेख छ। साना तथा मझौंला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्धिको लागि बैंकले परामर्श सेवा समेत दिएको जनाएको छ।