एनआरएन लघुवित्तले किसान र दिब्यलाई गाभेर राष्ट्रियस्तरमा उक्लिँदै, हकप्रद र एफपीओ जारी गर्ने

बिजमाण्डू
२०७६ फागुन ११ गते ०९:१६ | Feb 23, 2020
एनआरएन लघुवित्तले किसान र दिब्यलाई गाभेर राष्ट्रियस्तरमा उक्लिँदै, हकप्रद र एफपीओ जारी गर्ने


काठमाडौं। एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिब्य लघुवित्तलाई गाभ्ने अन्तिम निर्णय गर्ने भएको छ। संस्थाले फागुन १६ गते डाकेको बार्षिक साधारणसभामा मर्जर प्रस्ताव पारित गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई पनि गाभेको थियो। यो मर्जरलाई पनि साधारणसभाले अनुमोदन गर्ने छ।

आगामी साधरणसभाले किसान र दिब्यसँगको सेयर आदनप्रदान अनुपात पनि अनुमोदन गर्ने छ। मर्जरपछि संस्थाको पुँजी ५२ करोड पुग्ने छ भने सञ्जाल १३० भन्दा बढि स्थानमा फैलिने छ। 

कम्पनीले हकप्रद एफपीओ सेयर जारि गरि एक अर्ब रुपैयाँको कम्पनी बनाउने संस्थापकहरुको योजना छ।