७० करोड काण्डपछि संचार मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा, संसदमा पुग्यो जानकारी

बिजमाण्डू
२०७६ फागुन ८ गते १५:२६ | Feb 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। संचारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। ७० करोड घूस प्रकरणको टेप सार्वजनिक भएको भोलिपल्ट बाँस्कोटाले राजीनामा दिएका हुन्।

उनको राजीनामाबारे संसदमा अनौपचारिक रुपमा जानकारी पुगेको छ। कञ्चनपुरमा रहेका बाँस्कोटा आजैमात्र काठमाडौं फर्केका हुन्। उनी यहाँ आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।