माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजनको उपाधि कामना सेवा विकास बैंकलाई

बिजमाण्डू
२०७६ फागुन ८ गते ११:०७ | Feb 20, 2020
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजनको उपाधि कामना सेवा विकास बैंकलाई


काठमाडौं। माछापुच्छ्रे बैंकले आयोजना गरेको कर्पोरेट सुपर सिक्स सिजनको उपाधि कामना सेवा विकास बैंकले जितेको छ।

Tata
GBIME
Nepal Life

शनिवारदेखि किर्तिपुरमा भएको खेलमा भारतीय राजदुताबासलाई ८ रनले हराउँदै बैंकले उपाधि जितेको हो।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिएका छन्।।
  
प्रतियोगिताको उत्कृस्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव नै चुनिए। 

उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिएका छन् भने उत्कृस्ट ब्याट्स म्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। 

उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए।

फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे। 

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्वप्रधानमन्त्री डा=बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरे।