बैंक अफ काठमाण्डू सञ्चालनको २५ वर्षमा, आर्थिक सहयोगदेखि ग्राहकलाई सेवासम्म

बिजमाण्डू
२०७६ फागुन ७ गते १९:०० | Feb 19, 2020
बैंक अफ काठमाण्डू सञ्चालनको २५ वर्षमा, आर्थिक सहयोगदेखि ग्राहकलाई सेवासम्म

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा आज २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरेको छ। लोगो राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सार्वजनिक गरेका हुन्।

वार्षिकोत्सवका अवसरमा बैंकका सबै प्रादेशिक कार्यालयहरुमा प्रभातफेरी तथा विभिन्न संघ संस्थाहरुलाई सहयोग, नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम, बैंकको आन्तरिक फुटसल प्रतियोगिता तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा वृहत ग्राहक सप्ताह कार्यक्रमको आयोजना गर्ने भएको छ।

बैंकले बुधबार पत्रकार सम्मेलन गर्दै वार्षिकोत्सव कार्यक्रमका बारेमा जानकारी दिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न 'बीओके कृषि कर्जा' सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको बताए। 

विभिन्न सुविधासहित २५ रुपैयाँको न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ। 

बैंकले मोबाइल बैंकिङ 'बिओके स्मार्ट' मार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने योजनासमेत सार्वजनिक गरेको छ।

बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न एक करोड सहयोग गर्ने घोषणा गरेको छ। 

कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले यो रकमको चेक संस्थाका संस्थापक एवं अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन्। सोसाइटी अफ इकोनोमिक जर्नलिस्ट नेपाल (सेजोन) लाई आर्थिक पत्रकारिताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न चाहिने तालिम प्रदान गर्न ५ लाख सहयोग गरेको छ।