उद्योग दर्ता गरेर सञ्चालन नगर्नेलाई अन्तिम अवसर, बैशाखभित्र निवेदन नदिए खारेज हुने

बिजमाण्डू
२०७६ फागुन ७ गते १४:१६ | Feb 19, 2020
उद्योग दर्ता गरेर सञ्चालन नगर्नेलाई अन्तिम अवसर, बैशाखभित्र निवेदन नदिए खारेज हुने


काठमाडौं। उद्योग दर्ता गरेर सञ्चालनमा नल्याउने उद्योगीलाई सरकारले अन्तिम अवसर दिने दिएको छ। 

Tata
GBIME
Nepal Life

म्याद गुज्रिएको उद्योगहरुलाई आगामी बैशाख २८ गतेभित्र म्याद थपको निवेदन दिन भनेको हो। दर्ता गरेर वर्षौदेखि सञ्चालनमा नआएका र नवीकरण म्याद गुज्रेका निजी तथा साझेदारी कम्पनी हजारवटा भन्दा बढी छन्।

उद्योगहरुलाई ताकेता गर्दै चलाउने नै भए उक्त मितिभित्र सम्पर्कमा आउन सरकारले मौका दिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले म्याद थप सम्बन्धि सूचना पटक पटक जारी गर्दै आएको थियो। तर यो पटक भने अन्तिम भएको विभागले जनाएको छ।

म्याद गुज्रिएको उद्योगको म्याद थप गर्न विभिन्न मापदण्ड पूरा गर्नुपर्नेछ। विभागका अनुसार म्याद थप गर्नुपर्ने आधार र कारणसहित सञ्चालकले निवेदन पेश गर्नुपर्नेछ। यस्तै उद्योग सञ्चालनको म्याद थप गर्ने सम्बन्धी कम्पनीको सञ्चालक समिति बैठकको निर्णय, हालसम्म भएको प्रगति र भावी कार्ययोजना समावेश गर्नुपर्नेछ। 

यसैगरी कम्पनी अध्यावधिक प्रमाणपत्र, सेयर लागत र आर्थिक वर्ष ०७५/७६ को कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्छ। उद्योग विभागमा हालसम्म दर्तामा रहेका उद्योगको संख्या ८ हजार १ सय ८८ छ। यी मध्ये दर्ता बएर पनि सञ्चालनमा नआएका र अनुमतिपत्र नवीकरण नगर्नेको संख्या हजारवटा भन्दा बढी छ।