नेपाल बंगलादेश बैंकले पशुपति क्षेत्र विकास कोषलाई डस्टविन दियो

बिजमाण्डू
२०७६ फागुन ४ गते १७:३४ | Feb 16, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई डस्टविन दिएको छ। होटल तथा गेष्ट हाउस व्यवसायी संघले संरक्षण गर्ने गरि यो डस्टविन दिएको हो।

डस्टविन हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत सहभागी थिए। कार्यक्रममा कार्यकारी निर्देशक खतिवडाले विश्व सम्पदा सूचीमा रहेको पशुपतिलाई सफासुग्घर राख्नेतर्फ सबैको क्रियाशिलता आवश्यक रहेको बताए।

सोही कार्यक्रममा तिलगंगा शाखाको एटीएम समेत उद्घाटन गरे। त्यो बेलामा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीलाई नयाँ खाता खोले एक सय बचत गरिदिने बताए।