फुडमाण्डूमा थप लगानी विस्तार, राजधानीबाहिरका क्षेत्रमा पनि फैलने, ४ वर्षमा १० गुणाले वृद्धि

बिजमाण्डू
२०७६ फागुन ४ गते १२:५७ | Feb 16, 2020
फुडमाण्डूमा थप लगानी विस्तार, राजधानीबाहिरका क्षेत्रमा पनि फैलने, ४ वर्षमा १० गुणाले वृद्धि



काठमाडौं। फुडमाण्डु प्रालिले आफ्नो टिम भेन्चर्समार्फत दोस्रो चरणको लगानी विस्तार गरेको छ। टिम भेन्चर्स नेपालमा अवस्थित निजी लगानी कोष कम्पनी हो। 
 
नयाँ कोषमार्फत कम्पनीले भौगोलिक रूपमा आफ्नो क्षमता विस्तार गर्ने योजना बनाएको छ।  १० वर्ष अगाडि आइटी व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फूडमाण्डूले सन् २०१५ मा गएको महाभूकम्पमा ट्रु नर्थ एशोसिएट्सको प्रारम्भिक कोषमार्फत लगानी गरेको थियो। 

Tata
GBIME
Nepal Life

हाल यो कम्पनीले पाँच सयभन्दा बढी रेष्टुरेण्टमार्फत खानेकुराको परिकार वितरण गर्दै आएको छ। कम्पनीका अनुसार काठमाडौं बाहिर दुई सयभन्दा बढी राइडरहरु कार्यरत छन्। 

कम्पनीले कृषक, होलसेलर, परिचित होटल लगायत क्षेत्रमार्फत तरकारी, केक लगायत दैनिक उपभोग्य सामाग्री वितरण गर्दै आएको छ। कम्पनीका प्रमुख प्राविधिक अधिकृत अधिकारीले भने, 'संस्थागत लगानीकर्ताको सहयोगले हाम्रो आत्मबल बढ्दै गएको छ। नयाँ सुरक्षित कोषमार्फत हामी प्रारम्भिक रुपमा भौगोलिक क्षमता विस्तारमा प्रयोग गर्नेछौँ।' 

सम्झौता अनुसार फुडमाण्डूमा करिब २० प्रतिशत हिस्सा टिम भेन्चरको हुने छ।

'फुडमाण्डू जस्तो नयाँ व्यवसायको हिस्सा बनेर यसको विस्तार गर्न पाउँदा हामी खुसी छौं,' टिम भेन्चर्सका संस्थापक एवं प्रमुख कार्यकारी अध्यक्ष टेन्जिन गोन्सारले भने। 

यो कम्पनीले रियलइस्टेट डेभलपमेन्ट प्रोजेक्ट, मर्चेन्ट बैंकिङ कम्पनी र स्टक मार्केट लगायत क्षेत्रमा लगानी गर्दै आएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार हाइड्रोपावर आयोजना र अटो सर्भिसिङ सेन्टरमा पनि यो कम्पनीको प्रमुख हिस्सा रहेको छ। 

'फुडमाण्डू टिएनएले लगानी गरेको पहिलो कम्पनी हो। फूडमाण्डूमार्फत आंशिक निकासले हामीलाई नेपालमा लगानी गर्नका लागि वैकल्पिक ढोका खोलिदिएको छ,' टिएनएका लगानी प्रबन्धक निधान श्रेष्ठले भने। पछिल्लो चार वर्ष यता फूडमाण्डूको व्यापार १० गूणाले वृद्धि भएको कम्पनीले जनाएको छ।