८.५% हाराहारी आर्थिक वृद्धि हुने अर्थमन्त्रीको दाबीमाथि केशव आचार्यको खण्डन, ‘अँह पुग्दैन’

बिजमाण्डू
२०७६ फागुन ४ गते ०९:५३ | Feb 16, 2020
८.५% हाराहारी आर्थिक वृद्धि हुने अर्थमन्त्रीको दाबीमाथि केशव आचार्यको खण्डन, ‘अँह पुग्दैन’

Tata
GBIME
Nepal Life

काठमाडौ। अर्थशास्त्री केशव आचार्यले दुई छिमेकी देश भारत र चीनको अर्थतन्त्र शिथिल देखिँदा नेपालले उच्च आर्थिक वृद्धि दर हासिल गर्न समस्या पर्ने बताएका छन्।

अर्थमन्त्रीले अर्द्धवार्षिक समीक्षाबाट बजेटको आकारसँगै राजस्व लक्ष्य पनि घटाएपछि आचार्यले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने ठोकुवा गरेका हुन्।

'सरकारको लक्ष्य पूरा गर्न चालु आर्थिक वर्षको बाँकी ५ महिनामा निजी क्षेत्रले तीव्र गतिमा लगानी बढाउनु पर्छ,' उनले बिजमाण्डूसँग भने।

आचार्यले सरकारबाट निजी क्षेत्रको लगानी बढाउन सहयोग हुनुपर्ने बताए। 'विदेशी लगानी, अनुदान पनि यसरी आउनु पर्‍यो कि सरकारको संकुचनलाई नाग्न सकोस्। अहिले यो अवस्था छैन,' उनले भने, 'अर्कोतर्फ निर्माण उदयोगहरु पनि समस्यामा छन्। बैंकहरुको कर्जा प्रवाह पनि बढ्न सकिरहेको छैन।'

आचार्यले कर कार्यालयमा बुझाउने र बैंकबाट लिनुपर्ने वासलात एउटै हुनुपर्ने ब्यवस्था गरेपछि केही समस्या भएको बताएका छन्। किस्ता रकम आम्दानीको आधा हुनुपर्छ भन्ने पनि ब्यवस्था गरिएको छ।

'यसबाट निजी क्षेत्र र स्वरोजगारहरु बैंकमा जाने ढोका बन्द भएको छ। पुँजीबजारले पनि हामीलाई राम्रो संकेत दिइरहेको छैन। औद्योगिक उत्पादन पनि बढ्न सकेको छैन। सरकारले पनि पुँजीगत खर्च कटौती गरेको छ, उनले भने, 'विदेशी दाताहरुबाट आउने अनुदान पनि परिचालन गर्न नसक्ने भनिसकेको छ। त्यसैले आर्थिक वृद्धि दर कम हुन्छ।'