ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे, बढी विश्वसनीय र सुरक्षित बनाउने फेसबुकको प्रतिबद्धता

रासस
२०७६ फागुन १ गते १३:५१ | Feb 13, 2020
ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे, बढी विश्वसनीय र सुरक्षित बनाउने फेसबुकको प्रतिबद्धता


 
    

Tata
GBIME
Nepal Life

सान फ्रान्सिस्को। म्यासेजिङ एप ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।     
     
ह्वाट्सआप सञ्चार सेवालाई फेसबुकले सन् २०१४ मा किनेको थियो । ह्वाट्सआपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।     
     
दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुंगा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महसुस गरेको ह्वाट्सआपको ब्लगपोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढंगबाट सुरक्षित गरिने र कसैले सहजै भंग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ ।     
     
अमेरिकी सरकारले ह्वाट्सआप, मेसेन्जर र भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।     
     
गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया 'इन्क्रिप्सन' योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् ।     
     
ह्वाट्सआपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ ।