एनआइसी एशिया बैंकको भ्यालेन्टाइनका अफर, मोबाइल कारोबार गर्ने २० जनालाइ सोल्टीमा डिनर

बिजमाण्डू
२०७६ माघ २७ गते २२:५१ | Feb 10, 2020
एनआइसी एशिया बैंकको भ्यालेन्टाइनका अफर, मोबाइल कारोबार गर्ने २० जनालाइ सोल्टीमा डिनर

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एशिया बैंकले भ्यालेन्टाइन डेका अवसरमा मोबाइल बैंकिङ एप मोब्यांकमार्फत कारोबार गर्ने २० जनालाइ सोल्टी होटलमा डिनरको अफर ल्याएको छ।

बैंकका अनुसार मंगलबार, बुधबार र बिहीबार एपबाट कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकले आफ्नो जोडीसँग सोल्टी होटलमा डिनर गर्न पाउने छन्। बैंकले क्यूआर कोड, बिजुलीको बिल भुक्तानी र मोबाइल टपअप लगायतका जुनसुकै कारोबार गर्ने भाग्यशालीले डिनर कुपन पाउने जनाएको छ।

बैंकले इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने स्पस्ट पारेको छ। बैंकका अनुसार नतिजा फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ।