वर्षदिन पुगेको उपलक्ष्यमा महालक्ष्मी लाइफको घातक रोग पूरक सुविधा, ५० लाखसम्म बीमा

बिजमाण्डू
२०७६ माघ २७ गते १४:३३ | Feb 10, 2020
वर्षदिन पुगेको उपलक्ष्यमा महालक्ष्मी लाइफको घातक रोग पूरक सुविधा, ५० लाखसम्म बीमा


काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालनको वर्षदिन पुगेको उपलक्ष्यमा टेबलेट इन्स्योरेन्स कार्यक्रम ल्याउने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले एक महिनाभित्र शाखारहीत बीमा पोलिसी जारी गर्ने घोषणा गरेको हो। वार्षिकोत्सवको अवसर पारेर कम्पनीले ५० लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्नेगरी घातक रोग पूरक सुविधा योजना संचालनमा ल्याएको छ। 

महालक्ष्मी लाइफ सबैभन्दा कान्छो बीमा कम्पनी हो। कम्पनीले एक वर्षको अवधिमा ३८ जिल्लामा ६० वटा शाखा/उपशाखा संचालनमा  ल्याइसकेको  छ। त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७ हजार ३२३ अभिकर्ताहरु नियुक्त गरेको छ। 

कम्पनीले अहिलेसम्म डबल सावधिक बीमा, सावधिक आजीवन बीमा, वार्षिक धन फिर्ता बीमा, जीवन हेरचाह बीमा, सावधिक बीमा, सरल बीमा, जीवन सुरक्षा म्यादी बीमा, लगानी फिर्ता म्यादी बीमा र सामूहिक म्यादी जीवन बीमा गरी नौवटा बीमा लेख प्रचलनमा ल्याइसकेको छ। 

कम्पनीले कुल ५६ करोड बीमा शुल्क संकलन गरिसकेको छ। असार मसान्तसम्म ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ। 

एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र वैदेशिक रोजगार पुल दाबीबाहेक कम्पनीको दाबी भुक्तानी शून्य प्रतिशत रहेको छ। कम्पनीले चालु वर्ष थप २५ वटा शाखा-उपशाखा संचालन गर्ने लक्ष्य लिएको छ।