एलजीका सामानको बारेमा जानकारी गराउन सातै वटा प्रदेशमा रोड सो

बिजमाण्डू
२०७६ माघ २६ गते १३:०८ | Feb 9, 2020
एलजीका सामानको बारेमा जानकारी गराउन सातै वटा प्रदेशमा रोड सो


काठमाडौं। घरायशी ईलेक्ट्रोनिक्स सामानहरुमा ख्याती कमाएको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेको एलजी ब्राण्डले उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै रोड सो कार्यक्रमको आयोजना गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

दोस्रो चरणको रोड सो कार्यक्रम अन्तरगत हेटौंडा ४ स्कूलरोडमा माघ २६ गते कार्यक्रमको आयोजना गरिएको रोड सो कार्यक्रमका संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए।

पश्चिमका जिल्लाहरुमा पहिलो चरणको रोड सो कार्यक्रम सकेर २६ गतेदेखि हेटौंडा हुँदै पूर्वका प्रमुख सहरहरुमा रोड सो कार्यक्रमको आयोजना गर्न लागिएको चौधरीले जानकारी दिए। रोड सो कार्यक्रममा एलजीका उत्पादनहरुको बारेमा जानकारी गराउने उदेश्य रहेको छ। 

रोड सो कार्यक्रममा एलजीको वासिङ मेसिन र भ्वाईस कमाण्ड द्वारा चलाउन सकिने टेलिभिजनको बारेमा पनि जानकारी दिईनेछ। वासिङ मेसिनको प्रयोगको बारेमा पनि रोड सो कार्यक्रममा सिकाईने कार्यक्रम संयोजक चौधरीले जानकारी दिए।