तीन वाणिज्य बैंकले मागे कर्मचारी, नबिललाई ५० जना, सेञ्चुरी बैंकलाई अनुभवी कर्मचारी चाहियो

बिजमाण्डू
२०७६ माघ २२ गते १०:०८ | Feb 5, 2020
तीन वाणिज्य बैंकले मागे कर्मचारी, नबिललाई ५० जना, सेञ्चुरी बैंकलाई अनुभवी कर्मचारी चाहियो


काठमाडौं। तीन वाणिज्य बैंकले कर्मचारी माग गरेका छन्। एभरेष्ट, नबिल र सेञ्चुरी बैंकले कर्मचारी माग गरेका हुन्।

Tata
GBIME
Nepal Life

एभरेष्ट बैंकले काठमाडौं बाहिरका शाखाहरुमा कर्मचारी माग गरेको छ। बैंकले प्लस टु उत्तीर्ण गरेका कर्मचारी माग गरेको छ। बैंकले विराटनगर, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढीमा कर्मचारी माग गरेको हो।

नबिल बैंकले ५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ। यसका लागि स्नातक उत्तीर्ण गरेको हुनु पर्छ। 

सेञ्चुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले एक जना डेपुटी म्यानेजर माग गरेको छ। धनगढीमा रहेको प्रदेश कार्यालयका लागि डेपुटी म्यानेजर मागिएको हो।

बैंकले केही असिस्टेन्ट म्यानेजर पनि माग गरेको छ। विराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा र भैरहवाका लागि माग गरिएको छ। बैंकले सुर्खेतमा वरिष्ठ अधिकृत पदमा पनि कर्मचारी माग गरेको छ।

केन्द्रीय कार्यालयमा रहेको ब्रान्डिङ र संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) विभागमा एकजना वरिष्ठ अधिकृत माग गरेको छ। बैंकले केन्द्रीय कार्यालयमै मार्केटिङ विभागका लागि केही वरिष्ठ अधिकृत र अधिकृत माग गरेको छ। 

नारायणगढ, विर्तामोड र राजधानीका केही ठाउँका लागि जनसम्पर्क अधिकृत पनि माग गरेको छ। बैंकले केन्द्रीय कार्यालयमै कर्जा तथा जोखिम विभागमा केही वरिष्ठ अधिकृत तथा अधिकृत माग गरेको छ भने भोजपुरका लागि अधिकृतस्तरको शाखा प्रबन्धक एकजना माग गरेको छ।

बैंकले विराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत र धनगढीका लागि कर्जा विभागमा केही अधिकृत माग गरेको छ। यसैगरी सहायक अधिकृतस्तरमा मुस्ताङको लेतेका लागि एकजना शाखा प्रबन्धक माग गरेको छ।

बैंकले दिक्तेल र कोहलपुरमा सहायक अधिकृत स्तरका केही जनसम्पर्क अधिकृत माग गरेको छ भने केन्द्रीय कार्यालयमा कानुन विभागमा लगि केही सहायक अधिकृत खोजेको छ। अपरेसन विभागका लागि सहायक अधिकृत माग गरिएको छ। बैंकले विराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत र धनगढीका लागि माग गरेको हो।

यसैगरी सुपरभाइजर तहका केही शाखा प्रबन्धक माग गरिएको छ। बैंकले चिचिला, हात्तिसुडे, लामिडाँडा, चौरपाटी, मल्लेख र प्याउलु गाउँपालिकामा शाखा प्रबन्धक खोजेको हो।

सुपरभाइजर तहकै केही जनसम्पर्क अधिकृत पनि खोजिएको छ। भोजपुर, खाँदबारी, चरीकोट, मन्थली, सल्लेरी, इलाम, ग्रामथान, रंगेली, वीरेन्द्रबजार, ताल्चोक, घोराही र कोहलपुरमा माग गरेको छ। बैंकले ओखलढुंगा र फुङलिङका लागि केही अपरेसन इन्चार्ज माग गरेको छ। उनीहरु वरिष्ठ सहायक पदको हुनेछन्।