सिजी कम्युनिकेशनको लिमिटेड मोविलिटीको अनुमतिपत्र खारेज, ग्रामीण दूरसञ्चारको अनुमति यथावत

बिजमाण्डू
२०७६ माघ २१ गते १७:०८ | Feb 4, 2020
सिजी कम्युनिकेशनको लिमिटेड मोविलिटीको अनुमतिपत्र खारेज, ग्रामीण दूरसञ्चारको अनुमति यथावत

Tata
GBIME
Nepal Life

काठमाडौं। सिजी कम्युनिकेशनले पाएको लिमिटेड मोविलिटी सेवाको सातवटै अनुमति पत्र खारेज भएको छ। नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले आइतबार लाइसेन्स खारेज गरेको हो।

दूर सञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सिजीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले उल्लेख गरेको छ। ‘२०७६ माघ १९ गतेदेखि लागू हुनेगरी स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा छ।

कम्पनीको बागलुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लाका लागि छुट्टाछुट्टै  सातवटा लाइसेन्स थिए। ती जिल्लाहरुमा लिमिटेड मोबिलिटी सेवा सञ्चालनका लागि कम्पनीले २०६६ मा प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो।

तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले अनुदान परियोजनाको रूपमा दूर सञ्चार सेवा सञ्चालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स सीजीले खरीद गरेको थियो। २०६० फागुन ५ गते एसटीएम टेलिकमको नाममा दर्ता भएको टेलिकम कम्पनी उद्योगी विनोद चौधरीले खरिद गरि सिजी टेलिकममा रुपान्तरण गरेको थिए। ग्रामीण मोबिलिटी तर्फको अनुमति खारेज भएपनि सीजीले खरिद गरेको ग्रामीण दूर सञ्चार सेवा तर्फको अनुमतिपत्र भने यथावत नै रहेको छ।