विद्युतीय गाडी बिक्रीमा लक्ष्मी हुण्डाइ आक्रामक, कोना चार्जका लागि १२ स्थानमा चार्जिङ स्टेशन

बिजमाण्डू
२०७६ माघ २० गते १६:३५ | Feb 3, 2020
विद्युतीय गाडी बिक्रीमा लक्ष्मी हुण्डाइ आक्रामक, कोना चार्जका लागि १२ स्थानमा चार्जिङ स्टेशन

Tata
GBIME
Nepal Life

काठमाडौं। इलेक्ट्रोनिक्स गाडी बिक्रीमा आक्रामक रहेको लक्ष्मी हुन्डाइले मुलुकका १२ स्थानमा चार्जिङ राखेको छ।

हुन्डाइ गाडीको नेपालको अधिकृत बिक्रेता रहेको लक्ष्मी हुण्डाईले मुलुकका प्राइम लोकेशनमा चार्जिङ स्टेशन राखेको हो। कम्पनीका अनुसार हुण्डाइको विद्युतीय गाडी कोना दुई सय बिक्री भइसकेको छ।

कम्पनीका अनुसार लबिम मल, मेरियट होटल, हुण्डाइको शोरुम थापाथली, नक्साल, तीनकुने, कुपण्डोल, सिनामंगल, वुद्धचोक पोखरा, पर्स्याङ पोखरा, वाटरफ्रन्ट होटल पोखरा, होटल वाराही, ग्राण्ड, धनगढी, नेपालगंज, घोराही दाङ, कालिकानगर बुटवल, भैरहवा, भरतपुर चितवन, वीरगंज, इटहरी, एयरपोर्ट लाइन विराटनगर र विर्तामोडमा चार्जर स्टेशन राखेको छ।

कम्पनीले सुरुमा गाडी बिक्री गर्दानै चार्जर स्टेशन दिने गरि मूल्य तय गरेको थियो। तर पछि कम्पनीले चार्जर वाहेकको मूल्य तय गरेको थियो। कम्पनीका अनुसार यो एसी चार्जर हो। एउटा गाडी चार्ज हुन चार घण्टा लाग्छ।