सुरु भयो भर्चुअल जब फेयर, जागिर खोजिरहेकाहरुलाई अवसर, परिवर्तन गर्न चाहने पनि आउन सक्ने

बिजमाण्डू
२०७६ माघ १५ गते १७:०४ | Jan 29, 2020
सुरु भयो भर्चुअल जब फेयर, जागिर खोजिरहेकाहरुलाई अवसर, परिवर्तन गर्न चाहने पनि आउन सक्ने


काठमाडौं। आस्कमी म्यानेजमेन्टले आजबाट दुई दिने भर्चुअल जब फेयर सञ्चालन गरेको छ। इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डट कममा भर्चुअल जब फेयर सञ्चालन गरिएको हो।

Tata
GBIME
Nepal Life

कर्पोरेट, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरि अनलाइन जब फेयर सञ्चालन गरिएको हो। 

नेपालमै पहिलो पटक सुरु भएको अनलाइन जब फेयरमा घरमै बसीबसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताईन्। उनका अनुसार आस्कमी म्यानेजमेण्टको वेब पोर्टलमा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सिधै जब एप्लिकेशन दिन सकिन्छ।

‘कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारी जब फेयरबाट लिन सक्नेछन् भने जागिरको खोजीमा भौंतारिएकाहरु तथा जागिर परिवर्तन गर्न चाहनेहरुका लागि जब फेयर उचित गन्तव्य हो, उनले भनिन्। 

जब फेयरमा ५० भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राखेका छन्। कम्तीमा १ लाख जब सिकरहरुले अनलाइन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ। नेपाल मात्र नभई विदेशमा रहेकाहरुले पनि रोजगारीका लागि आवेदन दिन सक्ने छन्