सनराइज बैंकको मोरङको मृगौलियामा शाखारहित बैंकिङ सेवा

बिजमाण्डू
२०७६ माघ १३ गते १५:५५ | Jan 27, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले मोरङको मृगौलियामा ४७औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

सुन्दर हरैचा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दोरीलाल चौधरी र सोही नगरपालिकाका सदस्य रामलाल गछ्दारले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। यो बैंकिङ सेवाका लागि बैंकले प्रतिनिधीको रुपमा देवनारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेको छ।

सो मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार  सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ।