१३४३ अंकलाई छोएपछि ७० अंकले फर्कियो बजार, कारोबार रकम पनि घट्न थाल्यो, तरलताको असर

बिजमाण्डू
२०७६ माघ १२ गते १५:१४ | Jan 26, 2020
१३४३ अंकलाई छोएपछि ७० अंकले फर्कियो बजार, कारोबार रकम पनि घट्न थाल्यो, तरलताको असर


काठमाडौं। अघिल्लो आइतबारबाट झर्न थालेको सेयर बजारमा लगानीकर्ताको सक्रियता कम देखिन थालेको छ। १३४३ अंकसम्म पुगेको सेयर बजार एक सातामा ७० अंक हाराहारी तल ओर्लिसकेको छ। 

Tata
GBIME
Nepal Life

सूचकसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ। यही बीचमा २ अर्ब ९ करोड रूपैयाँसम्म सेयर किनबेच भएको बजारमा आइतबार ९६ करोड ५० रुपैयाँको सेयर कारोबार भएको छ। यद्यपी यो कारोबार भने नराम्रो होइन।

आइतबार बजार सूचक साढे २०.७९ अंकले घटेर १२७६.६८ अंकमा आइसकेको छ। वित्तीय प्रणालीमा तरलता हराउँदै गएपछि त्यसको असर सेयर बजारमा देखिएको हो।

अभावका कारण अहिले बैंकहरुबीच आपसी सापटी (अन्तर बैंक) ब्याज दर बढेर ५ प्रतिशत नाघिसकेको छ। पुसको मसान्त वरपर बैंकहरुले अधिक भएको तरलता शेयर धितो कर्जामा प्रयोग गर्न खोजेपनि अहिले अभाव हुन थालेपछि त्यो रोकेका छन्।

सबै उपसूचकहरु ओरालो लागेको छ। खासगरी वित्तीय क्षेत्रको सेयर मूल्य झर्दा बजार प्रभावित भएको हो। नेपाल टेलिकम सूचीकृत अन्य सूचक पनि ९ अंकभन्दा बढिले घटेको छ। 

सुरुवातबाटै सेयर बजार घट्न थालेको थियो। साढे ११ बजे१२८४ अंकमा आएपछि सूचकमा सुधार भएको थियो। तर १२ बजे पछि सेयर बजार निरन्तर घट्न थाल्यो। 

घट्दो बजारमा पनि सबैभन्दा सक्रिय लगानीकर्ता ग्लोबल आइएमइ बैंक, डिप्रोक्स लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका थिए। बजारमा सबैभन्दा बढि माग ग्लोबल आइएमइ र नेपाल लाइफको सेयरको थियो। आपूर्ति ग्लोबल आइएमइ र अरुण हाइड्रोपावरको थियो। यसबाहेक एनसीसी र प्रभु बैंकको सेयरको पनि आपूर्ति बढेको थियो।

दिनभरीमा १३ कम्पनीका सेयरधनीले मात्रै कमाए। गुमाउने १४५ कम्पनीका सेयरधनी छन्। जोशी हाइड्रोपावरका कम्पनीले सर्वाधिक ३ प्रतिशतले सम्पत्ति जोडेका छन्। धेरै गुमाउनेमा जानकी फाइनान्स, मिथिला लघुवित्त र रिडी हाइड्रोपावरका लगानीकर्ता छन्। डिप्रोक्सको ८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।