सुनको मूल्य फेरि बढ्यो, आइतबार प्रतितोला ७५ हजार ५ सय, चाँदी पुग्यो ८ सय ९५ 

बिजमाण्डू
२०७६ माघ १२ गते १३:०६ | Jan 26, 2020
सुनको मूल्य फेरि बढ्यो, आइतबार प्रतितोला ७५ हजार ५ सय, चाँदी पुग्यो ८ सय ९५ 


Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको छ।  तेजाबी सुन पनि तोलाको ७५ हजार २ सय पुगेको छ।

त्यस्तै चाँदीको मूल्य पनि १० रूपैयाँले बढेर आइतबार प्रतितोला ८ सय ९५ रूपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 
शुक्रबार चाँदी तोलाको ८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अध्यक्ष मोहनकुमार शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगातारको उतारचढावको असर सुनको मूल्य परेको हो। 'अमेरिकाको इरान, चीन लगायत बिभिन्न मुलुकसँग सम्बन्धमा जारी तनावको असर अन्तर्राष्ट्रिय बजारमा परेको छ,' उनले भने, 'अन्तर्राष्ट्रय सम्बन्धमा गतिरोध रहँदा सेयर लगानीकर्ता सुरक्षित हुन सुनमा लगानी बढाउँछन्, जसको असर संसारभरिको व्यापारमा पर्छ।'

शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ५ सय ७८ डलरमा कारोबार भएको थियो ।