महिन्द्राको एक्सयूभी-३०० ले पायो फाइभ स्टार रेटिङ, सर्वाधिक अंक पाउने पहिलो गाडी

बिजमाण्डू
२०७६ माघ १० गते १३:११ | Jan 24, 2020
महिन्द्राको एक्सयूभी-३०० ले पायो फाइभ स्टार रेटिङ, सर्वाधिक अंक पाउने पहिलो गाडी


Tata
GBIME
Nepal Life

काठमाडौं। महिन्द्रा एन्ड महिन्द्राको कम्प्याक्ट एसयूभी – एक्सयूभी-३०० ले ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार सुरक्षा रेटिङ पाएको छ।

यो विश्वव्यापी सम्मानसहित एक्सयूभी-३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारीसाधन बनेको छ। एक्सयूभी-३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी बनेको कम्पनीले जनाएको छ।

फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वसर्त मध्ये एक हो।  छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये यो गाडीको प्रदर्शन सबैभन्दा उत्कृष्ट रहेको कम्पनीले जनायो। महिन्द्राको अटोमोटिभ तर्फका प्रेसिडेन्ट राजन वाढेराले भने– 'यो महिन्द्राका लागि गर्वको क्षण हो। फाइभ स्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तर प्रतिबद्धतालाई दोहोर्‍याउँछ।'

महिन्द्रा एक्सयूभी-३०० मा सातवटा एयरब्याग, सबै चारवटै पांग्रामा डिस्क ब्रेक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएम सहितका ‘फर्स्ट–इन–सेगमेन्ट’ का विशेषता छन्।