महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीलाई चिरायु हस्पिटलमा २० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७६ माघ ९ गते १५:३२ | Jan 23, 2020
महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीलाई चिरायु हस्पिटलमा २० प्रतिशतसम्म छुट



काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालिसँग एक सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्। 

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत, उपचार प्रकृयामा अधिकतम १५ प्रतिशत, रोगको निदानमा अधिकतम १२ प्रतिशत तथा औषधीमा ५ प्रतिशत छुट पाउने छन्।