रेनो ट्राइबरको बिक्री सुरु, मूल्य २८ लाख २० हजार रुपैयाँ, यस्तो छ गाडीको विशेषता

बिजमाण्डू
२०७६ माघ ९ गते १४:२२ | Jan 23, 2020
रेनो ट्राइबरको बिक्री सुरु, मूल्य २८ लाख २० हजार रुपैयाँ, यस्तो छ गाडीको विशेषता


Tata
GBIME
Nepal Life

काठमाडौं। २८ लाख २० हजार रुपैयाँ मूल्यमा रेनो ट्राइबरको बिक्री सुरु भएको छ।

कम्पनीका अनुसार ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेस छ।
“गेम चेन्जर–रेनो ट्राइबर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं। ट्राइबरले भारतमा एक सफल अवधारणाको रुपमा आफूलाई स्थापना गरिसकेको छ।,” रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने।

ट्राइबर कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो।  कम्पनीका अनुसार ट्राइबर ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ।एडभान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले रेनो ब्राण्ड विस्तारका लागि स्पस्ट नीति रहेको बताए। उनका अनुसार ट्राइबरले नेपालमा पनि नयाँ बेन्चमार्क स्थापना गर्नेछ।