अर्घाखाँची सिमेन्टको धन वर्षा योजनाको समय थपियो, उपभोक्ताको उत्साहजनक सहभागिता

बिजमाण्डू
२०७६ माघ ९ गते १३:३० | Jan 23, 2020
अर्घाखाँची सिमेन्टको धन वर्षा योजनाको समय थपियो, उपभोक्ताको उत्साहजनक सहभागिता

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्घाखाँची सिमेन्टले दुई महिना अघि ल्याएको धन वर्षा योजनाको समय थपेको छ। उपभोक्ताको उत्साहजनक सहभागिताका आधारमा कम्पनीले केही समयका लागि योजना थप गरेको हो।

योजना अन्तर्गत १५ बोरा सिमेन्ट खरीद गर्नेले स्क्रयाच कुपन पाउने र उपभोक्ताले सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको स्योर सट नगद उपहार पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नगद उपहार पाउनेले सरकारको नियम अनुसार कर तिर्न भने पर्नेछ। कम्पनीका सहायक महाप्रवन्धक रमेश थापाले उपभोक्ताबाट पाएको साथ र सदभावले उत्साहित भएको बताउँदै केही समयका लागि योजना थपिएको बताए।