भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिने कार्यविधि तयार,  इ- बैंकिङबाट पाइने

बिजमाण्डू
२०७६ माघ ९ गते १२:४१ | Jan 23, 2020
भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिने कार्यविधि तयार,  इ- बैंकिङबाट पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। उपभोक्तालाई विद्युतीय १० प्रतिशत भुक्तानीमा (मूल्य अभिवृद्धि कर) फिर्ता दिने प्रक्रिया सुरु भएको छ। आन्तरिक राजस्व विभागले भ्याट फिर्ताको प्रक्रिया सुरु गरेको हो।

विभागले भ्याट फिर्ताका लागि कार्य प्रक्रिया (कार्यविधि) जारी गरेको छ। जसको नाम 'विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई भ्याट फिर्ता दिने सम्बन्धी कार्य प्रक्रिया-२०७६' राखिएको छ। यो कार्य प्रक्रियाले उपभोक्ता, बिक्रेता भुक्तानी प्रणाली सञ्चालकलाई समेटेको छ। 

विद्युतीय भुक्तानी बैंकहरुको डेबिट र क्रेडिट कार्डबाट भने नमिल्ने भएको छ। कार्य प्रक्रियाअनुसार पेमेन्ट कार्ड, इ- बैंकिङ, मोबाइल बैंकिङ र  इ-सेवा लगायतबाट भुक्तानी गर्न सकिनेछ। 

भ्याट फिर्ता प्रक्रिया सुरु भइसकेको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए। ‘हामीले भ्याट फिर्ता प्रक्रिया सुरू गरिसकेका छौं,’ उनले बिजमाण्डू, ‘बैंक तथा वित्तीय संस्थाहरुले सिस्टम अपग्रेड गर्न १० दिन समय माग गरेका छन्।  यसपछि रियल टाइम (तत्कालै) भुक्तानी फिर्ता हुन्छ।‘ अहिले डेबिट र क्रेडिट कार्ड भुक्तानीमा भ्याट फिर्ता नभएपनि केही समयभित्र पाउने गरि प्रक्रिया अगाडि बढाएको महानिर्देशक कुँवरले बताए। 

बिक्रेताले के गर्ने ?
कार्यप्रक्रिया अनुसार बिक्रेताले अनिवार्य विद्युतीय बिजकको प्रयोग गर्नु पर्नेछ। यस्तै विद्युतीय भुक्तान उपकरण सेवाप्रदायकसँग आबद्ध हुनुपर्नेछ। कर लाग्ने वस्तु आपूर्ति गरी बैंक खातामा भुक्तानी प्राप्त गर्ने र स्वचालित रूपमा उपभोक्तालाई कर फिर्ता गरेर सबै रकमको हिसाब राख्नु पर्नेछ।  

उपभोक्ताको खातामा फिर्ता गरेको रकम प्रत्येक कर अवधिको विवरण पेश गर्दा अन्य थपघट महलको क्रेडिट तर्फ उल्लेख गर्नु पर्नेछ।

यस्तो हुनेछ सेवा प्रदायकको भूमिका
सेवा प्रदायकले विभागले कार्यप्रक्रियाको अनुसूची बमोजिम निवेदन दिनु पर्नेछ। यस्तै उपभोक्ताको बैंक खाताबाट  बिक्रेतामा रकम जम्मा गर्ने र पुन: बिक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ। यसरी गरेको कारोबारको सेवा प्रदायकले एक दिनपछि नै विभागको प्रणालीमा स्वचालित रूपमा पठाउनु पर्नेछ। यसैगरी कारोबार भएको रकम संकेत नम्बर सहितको विद्युतीय बिजक सफ्टवेयरमा राख्नु पर्नेछ।

 

DV.load(“https://www.documentcloud.org/documents/6669378-Vat.js”, {
width: 810,
height: 600,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-6669378-Vat”
});

मान्यता प्राप्त सेवा प्रदायक छनोट गर्नुपर्ने
उपभोक्ताले भ्याटमा दर्ता भई विद्युतीय बिजक जारी गर्ने बिक्रेताबाट सामाग्री खरिद गर्नु पर्नेछ। सेवा प्रदायक कम्पनीको छनोट गर्दा राष्ट्र बैंकबाट मान्यता प्राप्त सेवा प्रदायक मात्र छनोट गर्नु पर्नेछ।

क्यूआर कोडबाटै यसरी आउने छ भ्याट फिर्ता
यो प्रणाली क्यूआर कोडमा निहित हुनेछ। विभागले बनाएको सफ्टवेयरले विद्युतीय बिलसँगै क्यूआर कोड आउने छ। जसलाई सजिलैसँग ५१ वटा मोबाइल बैंकिङ र वालेटले रीड गर्नेछ। यसरी रीड गरिसकेपछि २ वटा अंक सफ्टवेयर आफैंले निकाल्छ। एउटा भ्याट बाहेकको रकम र अर्को भ्याट रकम मात्र निकाल्छ।

यसरी उक्त सफ्टवेयरले भ्याटको १० प्रतिशत तुरुन्तै (रियल टाइम पेमेन्ट) फिर्ता गर्नेछ। यदि एक हजारको विद्युतीय बिलमा भ्याट रकम  सय रूपैंयाँ छ भने १० प्रतिशत अर्थात १० रूपैंयाँ ग्राहकको खातामा जम्मा हुनेछ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ताको लागत १.१५ प्रतिशत सस्तो हुन्छ। यो व्यवस्थाबाट बिल लिने बानी विकास भएर भ्याटमा कम्प्लाएन्स बढाउन सहयोग गर्ने विश्वास सरकारको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्षको बजेटमा भ्याट फिर्ता हुने व्यवस्था गरिएको थियो।