माछापुच्छ्रे बैंक पनि मर्चेन्ट कारोबारमा, सहायक कम्पनीलाई लाइसेन्स, म्युचुअल फण्ड चलाउने

बिजमाण्डू
२०७६ माघ ९ गते १२:३० | Jan 23, 2020
माछापुच्छ्रे बैंक पनि मर्चेन्ट कारोबारमा, सहायक कम्पनीलाई लाइसेन्स, म्युचुअल फण्ड चलाउने



काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो पूर्ण स्वामित्व रहेको क्यापिटल सञ्चालनका लागि अनुमति पाएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंको चेम्बर भवनमा कार्यालय रहने माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो।

कम्पनीले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिन काम गर्ने छ। 

चुक्तापूँजी २० करोड रहेको क्यापिटलले सेवाहरु दिनका लागि सबै तयारी गरिसकेको छ। कम्पनीले चाँडै नै सेवा सुचारु गर्ने क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।

संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचुअल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने उनले बताए।