रेमिटलीबाट पठाएको पैसा अब जीएमइबाट भुक्तानी लिन सकिने, दुई कम्पनीबीच सम्झौता

बिजमाण्डू
२०७६ माघ ८ गते १८:०० | Jan 22, 2020
रेमिटलीबाट पठाएको पैसा अब जीएमइबाट भुक्तानी लिन सकिने, दुई कम्पनीबीच सम्झौता

काठमाडौं । रेमिटली र जीएमइ रेमिटबीच विप्रेषण प्रवाह सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा जीएमइका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिटलीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यु अपेन हेइमरले हस्ताक्षर गरेका छन् । 

Tata
GBIME
Nepal Life

सम्झौतापछि रेमिटलीमार्फत विश्वभरीबाट पठाएको रकम जीएमइका सात हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी गर्न सकिने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ।

कम्पनीले अहिले दक्षिण कोरिया, अमेरिका, बेलायत, मलेसिया, जापानलगायत खाडी मुलुकबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ।