निक्षेपमा प्रतिस्पर्धा सकिएपछि आधार दर घट्न थाल्यो, तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याज

बिजमाण्डू
२०७६ माघ ८ गते १०:३४ | Jan 22, 2020
निक्षेपमा प्रतिस्पर्धा सकिएपछि आधार दर घट्न थाल्यो, तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याज


काठमाडौं। काठमाडौ। तीन बैंकले आधार ब्याज दर सार्वजनिक गरेका छन्। दुई बैंकको घटेको छ भने एउटाको सामान्य बढेको छ।

Tata
GBIME
Nepal Life

माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकले सार्वजनिक सूचनामार्फत आधार दर सार्वजनिक गरेका हुन्।

माछपुच्छ्रे बैंकको ०.३ प्रतिशत विन्दुले आधार दर घटेको छ भने सिटिजन्सको ०.४ प्रतिशत विन्दुले बढेको छ। सानिमा बैंकको ०.०८ प्रतिशत विन्दुले बढेको छ।

गत असोजको तुलनामा पुसमा आधार दर थपघट भएको हो। आधार दर घट्दा ऋणको ब्याज दर घट्छ। माछापुच्छ्रे को १०.२६ प्रतिशतमा आएको छ भने सिटिजन्सको १०.३५ प्रतिशतमा आएको छ। सानिमा बैंकको थोरै बढेपनि एकल अंकमै आधार दर छ। बैंकको आधार दर ९.२९ प्रतिशत छ।

निक्षेपमा प्रतिस्पर्धा सकिएको कारणले बैंकहरुको आधार दर क्रमशः घट्न थालेको छ।