सुन तोलाको ७५ हजार ३ सय कायम, चाँदीको भाउ पनि बढ्यो, बिहेको सिजनले बढायो कारोबार

बिजमाण्डू
२०७६ माघ ७ गते १२:४५ | Jan 21, 2020


काठमाडौं। सुनको मूल्य फेरि उकालो लागेको छ। सोमबार प्रतितोला ७५ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ३ सयले बढेर तोलाकै ७५ हजार ३ सय कायम भएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार कायम भएको छ। चाँदी ५ रूपैयाँले बढेर प्रतितोला ८ सय ९५ कायम भएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ।

गत मंगलबार यो साताकै कम मूल्य प्रतितोला ७४ हजार रूपैयाँमा कायम भएको सुन आइतबार प्रतितोला ७५ हजारमा कारोबार भएको थियो। सोमबार स्थिर रहेको मूल्य मंगलबार भने प्रतितोला ३ सयले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानुराजा शाक्यका अनुसार अमेरिका र इरानबीच जारी विवाद नै सुनको मुल्यवृद्धिको कारण हो।

अमेरिकाले इरानलाई जुनसुकै बेला जे पनि गर्न सक्छु भन्ने थ्रेट दिएका कारण लगानीकर्ता सुनमा लगानी गरि सुरक्षित हुन खोजेको उनले बताए।

‘सामान्य सुधार आएको सेयर बजार फेरि घटेको छ, सेयर घट्दा सुनमा लगानी बढ्यो त्यसैले सुनको मुल्य बढेको छ,’उनले भने।

उनका अनुसार बिहेवारीको सिजन सुरु भएकाले बजारमा सुनको कारोबार सामान्य रुपमा बढेको छ। तर गत वर्षको जस्तो कारोबार भने छैन। सिजनमा दैनिक ३० केजीभन्दा बढि कारोबार हुने नेपाली बजारमा हाल १० केजी मात्र सुनको कारोबार भएको छ।