६ महिनामा १ सय ९१ नयाँ उद्योग दर्ता, १ सय ५१ विदेशी कम्पनी, चिनियाँका मात्रै १ सय २० उद्योग

बिजमाण्डू
२०७६ माघ ६ गते १४:०५ | Jan 20, 2020
६ महिनामा १ सय ९१ नयाँ उद्योग दर्ता, १ सय ५१ विदेशी कम्पनी, चिनियाँका मात्रै १ सय २० उद्योग


Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा साना, मझौला तथा ठूला गरी १ सय ९१ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा सञ्चालनका लागि दर्ता र लगानी स्वीकृति लिनेमध्ये १ सय ५१ वटा विदेशी कम्पनी छन् ।

विदेशीमा सबैभन्दा धेरै चिनियाँ १ सय २० वटा छन् । यस्तै भारत र बंगलादेश लगायतका कम्पनीले पनि सरकारसँग लगानी अनुमति लिएको विभागले जनाएको छ।

 
लगानी अनुमति लिनेहरूमा सबैभन्दा धेरै मध्यमस्तरका ९२ वटा उद्योग छन्। यस्तै ६५ वटा साना र ३४ वटा ठूला उद्योग छन्। गत वर्षको यही अवधिमा २ सय ७५ उद्योगले लगानी अनुमति लिएका थिए। तिनमा विदेशी उद्योगको संख्या १ सय ९८ वटा थियो ।