शिवम् सिमेन्ट बेच्नेहरुले उठाए हिमालयन डिस्ट्रिलरीको शेयर,  यस्तो छ लगानीकर्ताको मुड

बिजमाण्डू
२०७६ माघ ५ गते १६:२० | Jan 19, 2020


काठमाडौं। केही दिनदेखि हिमालयन डिस्टिलरी लिमिटेडको शेयर कारोबार बढेको छ। आइतबार मात्रै कम्पनीको १२ करोड १५ लाख रूपैयाँको शेयर कारोबार भएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीका संस्थापकहरुले नै शेयर बेचेको ब्रोकरहरुले बताएका छन्। अहिले १३ सय रुपैयाँका दरले कम्पनीको शेयर किनबेच भएको हो।

गत साताबाट कम्पनीको शेयर मूल्य र कारोबार बढ्न थालेको हो। कम्पनी गत सोमबार १२ सय २४ सय रुपैयाँ दरको शेयर आइतबार १३ सय रुपैयाँ पुगेको हो। पछिल्लो चार कारोबार दिन मूल्य र कारोबार बढेको हो।

ब्रोकर नम्बर ५४ बाट सर्वाधिक बिक्री भइरहेको छ। करिव २६ प्रतिशत शेयर ५४ नम्बर ब्रोकरले बिक्री गरेको छ। यसपछि ४४ नम्बर १६ प्रतिशत शेयर बिक्री गरेको छ।

६ प्रतिशत शेयर ३८ नम्बर ब्रोकरबाट खरिद भएको छ। यसपछि ५२, ५६ नम्बर ब्रोकरबाट खरिद भएको छ। 

शिभम् सिमेन्टको शेयर पनि १० करोड ८ लाख रूपैयाँको किनबेच भएको छ। ब्रोकर स्रोतहरुका अनुसार, हिमालयन डिष्टिलरीको शेयर उठाएकाहरुले नै शिवमको शेयर बिक्री गरिरहेका छन्।

शिवमको शेयर मूल्य ५४२ रुपैयाँ पुगेको छ। शिवमको जति प्रतिफल छ त्योभन्दा बढि डिष्टिलरीको भएकाले शेयर उठाएको बताइएको छ।