संसारका खतरनाक ‘लेडी डन’ जोसँग अर्बौको सम्पत्ति छ, अपराधको दुनियाँबाट कमाए अर्बौं सम्पत्ति

बिजमाण्डू
२०७६ माघ ४ गते ०९:५६ | Jan 18, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । ग्याङस्टार, डनजस्ता शब्द प्राय पुरुषहरुका लागि प्रयोग हुन्छ । तर अपराधको दुनियाँमा यस्ता खुंखार 'लेडी डन' हरू पनि छन्, जसको नाम सुन्दा समाज त्रसित हुने गरेको छ । यी लेडी डनहरूले अपराधिक सञ्जालबाट अर्बौं रूपैयाँसमेत कमाएका छन् ।
 
न्युजवान डटकम, रिचेस्ट डटकम र इनसाइड एडिसन डटकमले अर्बपति लेडी डनहरूका बारेमा भर्खरै रिपोर्टहरू प्रकाशित गरेका छन् ।
 
सेन्ड्रा अबिला बेलट्रेन, मेक्सिको
सेन्ड्रासँग कुल १०० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनी मेक्सिकोमा चर्चित लागूऔषध कारोबारीका रूपमा चिनिन्छिन् । यसबाहेक उनीमाथि गैरकानुनी हतियार ओसारपसार गर्ने आरोप पनि लागेको छ । उनले दुईपटक बिहे गरिसकेकी छन् र दुवैपटक उनका पतिको हत्या भएको छ । उनको छोराको अपहरण पनि भएको थियो । त्यसबाट छुटाउन उनले ५० लाख डलर अपहरणकारीलाई बुझाउनु परेको थियो । अहिले सेन्ड्रा विभिन्न आरोपहरूमा जेलमा छिन् ।
 
क्लाउडिया ओछाओ फेलिक्स, मेक्सिको 

क्लाउडियालाई संगठित अपराधको किम क्यादर्सनका रुपमा पनि चिनिन्छ । आकर्षक शरीर भएका कारण उनलाई टीभी एङ्कर क्यादर्सनसँग तुलना गरिएको हो । उनी अपराधिक संसारमा जस्तै ग्ल्यामरस छविका कारण पनि उत्तिकै चर्चित छिन् । उनलाई लस एम्ट्रेस ग्रुपको लिडर भनिन्छ, जुन मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक समुह हो । पैसा लिएर अपहरण र हत्याका साथै यो समुहले हातहतियारको पनि कारोबार गर्छ । उनी तीन सन्तानकी आमा हुन् भने उनीसँग पनि एक अर्ब डलर बराबरको सम्पत्ति छ ।
 
लिसेट ली, दक्षिण कोरिया
लिसेट दक्षिण कोरियाकी लागूऔषध कारोबारी हुन् । उनीसँग ५० लाख डलर बराबरको सम्पत्ति छ । लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा सक्रिय रहेकी उनको सम्बन्ध संसारका चर्चित अपराधीहरूसँग छ । उनलाई सन् २०१० मा लागूऔषधको कारोबार गरिरहेका बेला साढे तीन करोड डलर बराबरको सामग्रीसहित पक्राउ गरिएको थियो । पक्राउपछि उनी ६ वर्षका लागि जेल चलान भएकी थिइन् ।
 
ग्रिसेल्डा ब्लेको, कोलम्बिया
सबैभन्दा बढि सम्पत्ति हुने ग्याङ्स्टरको सूचीमा उनी एक नम्बरमा आउँछिन् । ग्रिसेल्डलाई कोकिन क्वीनका रूपमा पनि चिनिन्छ । उनीसँग १३०० करोड डलर बराबरको सम्पत्ति थियो । उनको अपराधको केन्द्र भने साउथ अमेरिका हो । तर उनले विश्वका कैयौ देशमा आफ्नो धन्दा फैलाएकी थिइन् । उनको २०१२ मा ६८ वर्षको उमेरमा मृत्यु भइसकेको छ ।
 
अना ग्रिस्टना, अमेरिका
अना २०१२ मा चर्चित भइन्, जब उनलाई हाइक्लास सेक्स र्‍याकेट सञ्चालन गरेको आरोपमा पक्राउ गरियो । उनीसँग १०० करोड डलर बराबरको सम्पत्ति छ । उनले आफ्नो र्‍याकेटमा प्लेबोय र पेन्टाहाउसका मोडेलहरूलाई पनि प्रयोग गरेकी थिइन् ।
 
थेल्मा राइट, अमेरिका
थेल्मा लागूऔषधका सबैभन्दा ठूला कारोबारी ज्याकरकी श्रीमती हुन् । उनको मासिक कमाइ साढे दुई करोड डलर हुने गरेको बताइन्छ । सन् १९८६ मा ज्याकरको मृत्यु भएपछि सबै धन्दा थेल्माले हेर्न थालेकी हुन् ।
 
लियोना मिन्डी रोवट हेमस्ले, अमेरिका
उनीसँग ८०० करोड डलर बराबरको सम्पत्ति छ । उनी चर्चित व्यवसायी थिइन् तर उनलाई कर छलीको आरोप लाग्यो । उनको रियल स्टेट व्यवसाय थियो । उनले अमेरिकामा २३ वटा होटलको चेनसमेत बनाएकी थिइन । उनी आपराधिक क्रियाकलापमा पनि संलग्न भएको पाइएपछि १६ वर्ष जेल बसिन् । २००७ मा हृदयघातका कारण उनको मृत्यु भइसकेको छ ।