पुँजीबजारलाई के गर्छ स्टक डिलरले? देव गुरागाईको विचार

बिजमाण्डू
२०७६ माघ ३ गते १६:०६ | Jan 17, 2020
पुँजीबजारलाई के गर्छ स्टक डिलरले? देव गुरागाईको विचार

Tata
GBIME
Nepal Life

धितोपत्र बजार हाम्रो अत्यन्त संवेदनशील बजार हो । हरेक समयमा यसले बलियो अभिभावकको साथ खोजिरहेको हुन्छ । कुनै पनि राम्रो कामलाई समाजले चिन्न र कामको उचित मूल्यांकन गर्न लामो समय लाग्दछ, तर यसको ठीक बिपरित नराम्रो काम भने छिटै फैलन्छ । 

कारण राम्रो भन्दा नराम्रो कुरालाई फैलन कम समय लाग्दछ । जति सजिलोसँग डढेलो फैलन्छ र सखाप बनाउँछ त्यसलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । नियन्त्रणमा आइसक्दा डढेलोले ठूलो क्षति गरिसकेको हुन्छ । जुन बजारमा धितोपत्र बजारसँग सम्बन्धित कुनै पनि स-साना समाचार, अभिब्यक्ति र रिपोर्टले पनि बजारलाई असन्तुलित, अस्थिर र अत्यन्त प्रभावित गर्दछ । त्यसैले यो बजारलाई संवेदनशील भन्ने गरिन्छ । 

यस्तो अवस्थामा धितोपत्र बजारमा बिभिन्न विकृतिहरु प्रयोग गरि बजारलाई आफू अनुकूल प्रवाहित गरिन्छ जस्तो कि इन्साइडर ट्रेडिङ, रुमर, चर्निङ, स्टक ब्यासिङ, करनरिङ, पुलिङ, बियर रेडिङ जस्ता बजारका बिकृतिहरु प्रयोग गरि बजारलाई स्वभाविकभन्दा आफ्नो अनुकूल नियन्त्रण गर्न खोज्ने र लाभ उठाउने सामर्थ्य राख्ने केही लगानीकर्ता-खेलाडी) हुन्छन् र यिनीहरुलाई सहयोग गर्ने अरु व्यक्ति र सिस्टम पनि जोडिएका हुन्छन् ।
 
धितोपत्र बजारमा यस्तै चलखेल देख्न सकिन्छ । हाम्रो धितोपत्र बजार सवेदनशील भन्नुको तार्त्पर्य पनि यही हो । आजभन्दा करिब १० वर्षघि तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले धितोपत्र बजारलाई जुवाघरसँग तुलना गरेपछिको परिणाम सेयर बजारका लागि एउटा डढेलो नै साबित भएको तथ्य जगजाहेर नै छ । त्यसबेला ११७५ पुगेको नेप्से परिसूचक उक्त अभिब्यक्तिपछि लगातारको गिरावटबाट २९२ सम्म र्झनुमा केही सहायक कारणहरु अरु नै भएतापनि मुलुकको एउटा जिम्मेवार अर्थमन्त्रीको एकदमै हल्का र गैरजिम्मेवार अभिब्यक्तिलाई नै उक्त दुर्घटनाको मुल कारण मानियो । जुन घाउ दाग बनेर धितोपत्र बजारको इतिहासमा अझै पनि छ । 

त्यस्तै अर्को दृष्टान्त वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेसँगै सेयर बजारलाई अनुत्पादक भनेर अभिब्यक्ति दिएसँगै बजारमा लगातारको गिरावटका साथै  त्यसको मनोबैज्ञानिक असर कायमै छ ।  र्सार्वजनिक पदमा बसेका जिम्मेवार ब्यक्तिले गलत भनेका कुरामा कारण प्रष्ट पार्न सक्नुपर्छ। भन्न खोजेको र भनिएको कुरामा अलिकति पनि फरक पर्यो भने अर्थको अनर्थ लाग्न जान्छ र त्यसको असर बजारमा नकारात्मक पर्दछ । त्यस अभिब्यक्तिलाई पछि सच्याउन खोज्नु भनेको बन्दुकबाट निस्किसकेको गोली पुन फर्काउन खोजेजस्तै हो। 

यसरी धितोपत्र बजारमा धितोपत्र सम्बन्धी मिडियामा प्रस्तुत हुने समचार, रिपोर्ट, बिश्लेषण, अभिब्यक्ति, विषयबस्तु आदिले पनि अत्यन्तै प्रभावित पारिराखेको पाइन्छ । त्यसैले यस्तो असन्तुलित र संवेदनशील बजारलाई सन्तुलित, स्थिर, बलियो बनाउन कुनै न कुनै कदम चाल्नु आजको नितान्त आवश्यकता हो । 

नेपालको धितोपत्र बजारलाई विकास गर्न र अन्तर्राष्ट्रियस्तरको बनाउँदै लैजान सोही बमोजिमको प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानूनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ । धितोपत्र बजारमा हालका वर्षरुमा प्रविधिको क्षेत्रमा केही सुधार हुँदै गएको महसुस भएको छ । पछिल्लो समयमा धितोपत्रको पूर्ण अभौतिकीकरण प्राथमिक बजारमा आस्वा तथा सी-आस्वा प्रणाली लागू भई ७७ वटै जिल्लाका बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध भएको र सफ्टवेयरमा इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्री आदेश दिने व्यवस्थाको सुरुवात भएको छ ।
 
सुस्त रूपमै भएपनि मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीहरुको उपत्यका बाहिर पनि शाखा विस्तार हुने क्रम रहेको देखिन्छ । धितोपत्र बजारको विकास गर्ने बिभिन्न उपाय तथा साधनहरु, जुन विश्वमा अभ्यास भइरहेका छन्, त्यस्ता उपाय तथा साधनहरुको खोजी र प्रयोग गरि बजारलाई बिकास गर्नु अबको आवश्यकता हो । पछिल्लो समय हाम्रो धितोपत्र बजारको विकास गर्ने सन्दर्भमा राजनैतिक कार्यक्रम होस् वा सरकारको नीति तथा कार्यक्रम वा बजेट भाषण होस् वा मौद्रिक नीति, सदैव उठ्ने बिषयबस्तु हो स्टक डिलरको आवश्यकता । 

बजार निर्माताको अवधारणा पुरानो र समय सन्दर्भ नभएको भन्दै अहिले सेयरबजारमा स्टक डिलर आउने निकै सुनिन थालिएको छ । यसै परिवेशमा के हो त स्टक डिलर, के गर्छ यसले र यसको आवश्यकता किन पर्यो भन्ने सर्न्दर्भमा लगानीकर्ताहरु माझ प्रष्ट्याउनु जरुरी छ ।  

के हो स्टक डिलर?
स्टक डिलर भनेको त्यस्ता संस्था संरचना हो, जुन नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरुको खरिदबिक्री गरी धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारलामा सन्तुलन कायम राख्ने कार्य गर्दछ । साथै तरलतालाई पटक पटक दोहोरिन बाट रोक्दछ । 

जब धितोपत्र बजारमा अस्वभाविक उतार चढाव आई बजार असन्तुलन, अस्थिर भई तरलताको अवस्थामा विचलनको स्थिति आउँछ, त्यस्तो अवस्थामा स्टक डिलरहरुले तुरुन्त बजारमा प्रवेश गरि ठूलो मात्रामा धितोपत्रहरुको कारोवार गर्दछन् र बजारलाई सन्तुलनमा राख्न सहयोग गर्दछन् । यस्ता संस्था संरचनाको मुख्य उद्देश्य भनेको धितोपत्र बजारमा हुने तरलतालाई स्थिर राख्दै बजारमा सन्तुलन कायम राख्नु हो । साथै पटक पटक तरलतालाई दोहोरिन नदिनु पनि हो ।

यिनीहरुले बजारमा तुरुन्त प्रवेश गरेर छोटो समयमा ठूलो मात्रामा धितोपत्र कारोवार गर्ने निर्ण्र्ाालिनुपर्ने भएकाले यस्ता संस्था संरचनाको बनावट स्वायत्त र स्वतन्त्र हुन्छन् । अहिलेसम्म नेपालमा यस्ता कुनै पनि कम्पनी छैनन् । त्यसैले सेयर बजारमा समय समयमा अत्यधिक तरलता हुने गरेको पाइन्छ ।  स्टक डिलर कम्पनीको उद्देश्य नाफामुलक भन्दा पनि सेवामुलक बढि हुनु पर्दछ, ताकि उसले बजारलाई नियन्त्रणमा राख्न भुमिका निर्वाह गर्न सकोस नाफा-घाटा हेर्ने भन्दा पनि बजारलाई नियन्त्रण राख्ने उद्देश्यले कारोबार गर्नुपर्ने हुन्छ । 

यद्यपी यो पब्लिक कम्पनी हुनेछ र यसका सेयरधनिले प्रतिफलको आस गर्ने भएकाले केही नाफा कमाउनु पनि यसको दायित्व हुन जान्छ । स्टक डिलरको भूमिका निर्वाह गर्नु निकै चुनौतीपूर्ण हुने भएकाले कहिलेकाहीं कम्पनीले घाटा खाएर पनि बजारलाई नियन्त्रणमा राख्न भुमिका निर्वाह गर्नुपर्ने रहन्छ । 

स्टक डिलरको भुमिका
यदि धितोपत्र बजारमा अधिक तरलता भएको अवस्थामा लगानीकर्ताहरुले बजारमा लगानी गर्न चाहिरहेको हुन्छन् र बजारमा ठूलो मात्रामा धितोपत्रहरु कारोवार भइरहेको हुन्छ । धेरै र ठूलो मात्रामा धितोपत्रहरुको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र संख्या बढ्छ । धितोपत्र खरिदकर्ताहरुको चाप र माग पनि बढ्छ । 

आपूर्तिभन्दा माग बढि हँदा धितोपत्रको मूल्यमा बृद्धि हुन्छ र धितोपत्र बजार परिसूचक बढ्छ । धितोपत्र बजारमा कुनै किसिमको प्रभाव वा कारणले धितोपत्रको मूल्य अत्यन्तै, अस्वभाविक ढंगले बढेर बजारमा असन्तुलनको स्थिति आएमा स्टक डिलरले आफूसँग भएको धितोपत्रहरु बजारमा ठूलो मात्रामा बिक्रीका लागि आह्वान गर्दछन् । स्वाभावतः ठूलो मात्रामा धितोपत्रहरुको आपूर्ति हुँदा त्यसको मूल्य कम हुन्छ । फलतः धितोपत्रको मूल्य अस्वभाविक बढ्ने प्रवृतिको नियन्त्रण हुन्छ र बजारले सन्तुलन कायम राख्दछ ।  

त्यसैगरी धितोपत्र बजारमा तरलताको कमि भएको अवस्थामा लगानीकर्ताहरुले बजारमा लगानी गर्न चाहिरहेको हुदैनन् । फलतः बजारमा स-सानो मात्रामा मात्र धितोपत्र कारोबार भइरहेको हुन्छ । थोरै र मझौला मात्रामा धितोपत्रहरुको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र कुल धितोपत्र कारोवार संख्या पनि न्युन हुन्छ । 

धितोपत्र खरिदकर्ताहरु नहुने अवस्था पैदा हुन्छ भने बजार अझै घट्न सक्ने आंकलन गरि बिक्रीकर्ताको चाप बढ्छ र मागभन्दा पर्ूर्ति बढि हुँदा धितोपत्रको मूल्यमा ह्रास आउँछ । फलतः बजार धैरै घट्दै गई धितोपत्र बजारमा असन्तुलन आउँछ र बजारप्रति लगानीकर्ताको बिश्वासनियतामा पनि ह्रास आउछ । 

यस्तो बेलामा स्टक डिलरले ठूलो मात्रामा धितोपत्रहरु खरिद गरी बजारमा धितोपत्रको माग बढाउँछन् । यसले आपर्ूर्ति र मागको सन्तुलन कायम भई बजारमा सन्तुलन कायम हुन्छ । अतः धितोपत्र बजारमा स्टक डिलरले बजारमा धितोपत्रको मूल्यमा हुने अस्वभाभिक उतर चढावलाई नियन्त्रण गरि बजार सन्तुलन कायम राख्न र तरलताको स्थितिलाई नियन्त्रणमा राख्न भुमिका निर्वाह गर्दछन् । 

स्टक डिलर किन आवश्यक
देश विकास र समृद्धिका सूचकहरुमध्ये र्सवसाधारणले सजिलै बुझ्ने, पारदर्शी र हरेक दिन इन्टरनेटमा लाइभ हेर्न मिल्ने एकमात्र नेप्से परिसूचक हो । यो परिसूचक बढ्नुले देशको आर्थिक विकास र समृद्धि बढेको कुरालाई इंगित गर्दछ । त्यसैले नेपाल सरकारले देशमा  पुँजी बजारको विकास गर्न, सेयर बजारलाई बलियो, अन्तर्रराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुका साथै बजारमा विदेशी लगानीकर्तालाई समेत आर्कषित गर्न प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानूनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ । 

धितोपत्र बजारलाई सन्तुलित, स्थिर र बलियो बनाउन र बेला बेला हुने तरलताको समस्याबाट जोगाउन जिम्मेवार निकायहरुले कुनै न कुुनै उपाय तथा साधनको प्रयोग गर्नु अहिलेको नितान्त आवश्यकता हो । यस्तै साधनहरुमध्ये स्टक डिलरलाई बजारमा प्रबेश गराउनु अहिले समय सार्न्दभिक हुन्छ । हाम्रो पुँजीबजारको विकासका लागि स्टक डिलरको रुपमा बलियो पुँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, अनुभवी संस्थालाई भित्र्याइ बजारलाई विकृतिमुक्त, थप बलियो, स्थिर, आधुनिक प्रविधिमैत्री र अन्तर्रराष्ट्रियस्तरको बनाउनु आजको आवश्यकता पनि हो । 

पुँजीबजारको विकास गर्ने उद्देश्यसहित स्थापित नागरिक लगानी कोष एक र्सार्वजनिक सरकारी संस्था हो, जुन नागरिक लगानी कोष ऐन २०४७ बमोजिम स्थापित र संचालित एक स्वायत्त संस्था पनि हो । नागरिक लगानी कोष ऐन २०४७ को दफा ३२-ड) मा उल्लेखित काम कर्तब्य र अधिकारको प्रयोग गरि पुँजीबजार विकासका लागि आवश्यकताअनुसार सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्न सक्ने कानूनी ब्यवस्था सुनिश्चित भएकाले कोषको नेतृत्वमा स्टक डिलर कम्पनी स्थापना गरी बजारमा प्रबेश गर्ने तयारी भइरहेको छ । 
 
कोषले यथाशीघ्र यस कार्यलाई अगाडि बढाउन सहायक कम्पनी खडा गरि नियामक निकायले त्यस सम्बन्धी आवश्यक अुनमति तथा काम गर्न आवश्यक पर्ने पुँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानूनी संरचनाको विकास  गरि आवश्यक नीतिनियम, निर्देशिका, कार्यविधि आदि कुराहरुको निर्माण तथा तथा मौजुदा नियम परिमार्जन गरी काम थाल्ने जमर्को गरेको छ । 

स्टक डिलर कम्पनीलाई पुँजी संरचना, संचालक, ब्यवस्थापन, प्रविधि, पूर्वाधार र दक्ष जनशक्तिको ब्यवस्थापन सम्बन्धी बिशेषाधिकारसहित धितोपत्र कारोवारमा निर्णय गर्ने अधिकारमा स्वतन्त्र र स्वायत्तता प्रदान गर्नु जरुरी हुन्छ । किनकी यसले अत्यन्त छोटो समयमा बजारमा धितोपत्रको मूल्यमा हुने अस्वभाभिक उतर चढावलाई नियन्त्रण गरि बजार सन्तुलन कायम राख्न र तरलताको स्थितिलाई नियन्त्रणमा राख्न तुरुन्त सेयर खरिद वा बिक्री गर्ने दूरदर्शी निर्णय लिनुपर्ने हुन्छ ।  

यसका लागि पुँजीबजार सम्बन्धि मौजुदा कानून, नियम, बिनियम र निर्देशिकाहरु परिमार्जन गर्नु पर्ने हुन्छ भने आवश्यक पर्ने नयाँ निमार्ण गर्नुपर्ने हुन्छ । जुन कार्य सरोकारवाला निकायले गरिरहेको बुझिएको छ र यस्ता कानून र निर्देशिकाहरु बनाउँदा वा परिमार्जन गर्दा सरकारले स्टक डिलर कम्पनीलाई लाभकरमा सुविधा, ब्रोकर कमिसनमा सुविधा, ब्यवसाय करमा सुविधा, आम्दानी करमा सुविधा, साफसाफ प्रक्रियामा सुबिधा, धितोपत्र दलालको लाइसेन्स जस्ता सुबिधाहरु दिई स्टक डिलर कम्पनीहरुलाई बजारमा भित्रीन प्रोत्साहन गर्नु पर्दछ ताकी यिनीहरुले बजारमा आफ्नो उपस्थिति बलियो राखेर कालान्तरसम्म पनि निरन्तर काम गरिरहन सकुन् ।