एनसिएचएलको कनेक्ट आइपिएसबाट पुसमा १२ अर्ब रुपैयाँको कारोबार, साढे ४२ अर्बको सेटलमेन्ट

बिजमाण्डू
२०७६ माघ २ गते १८:२९ | Jan 16, 2020
एनसिएचएलको कनेक्ट आइपिएसबाट पुसमा १२ अर्ब रुपैयाँको कारोबार, साढे ४२ अर्बको सेटलमेन्ट


काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार  १२ अर्ब ५ करोड रूपैयाँ पुगेको छ। 

Tata
GBIME
Nepal Life

गत वर्षको वैशाखदेखि प्रारम्भिक सञ्चालनमा आएको कनेक्ट आइपिएसमा गएको पुसमा सर्वाधिक कारोबार भएको हो। कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्फत ६ लाख ५० हजार १ सय ४२ पटक कारोबार भएको छ। सेटलमेन्ट रकममा हेर्दा कुल ४२ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ। 

कारोबारमा भइरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको पुष्टी हुने एनसिएचएलले जनाएको छ। कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो। यसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध छन् । 

यो प्ल्याटफर्ममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफर लगायत अन्य सेवाहरूमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज र इन्स्योरेन्स भुक्तानी जस्ता कारोबारहरु गर्न सकिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ। 

एनसीएचएलले विद्युतीय चेक भुक्तानी, अन्तर बैंक भुक्तानी प्रणाली र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा यी प्रणालीहरू मार्फत एनसीएचएलले कारोबार संख्या ८१ हजार २ सय ४९ को कुल सेटलमेन्ट रकम ४२ अर्ब १७ बराबर राफसाफ भएको छ। जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढि हो।