फोनपेबाट पैसा तिर्दा दुबई घुम्न पाइने, दैनिक पाँच ग्राहकलाई १००% क्यासब्याक उपहार पनि

बिजमाण्डू
२०७६ माघ १ गते १४:५३ | Jan 15, 2020


काठमाडौं। फोनपेले क्यूआर कोडमार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि उपहार योजना ल्याएको छ । फोनपेले आकर्षक उपहार, क्यासव्याक र मोबाईल फोन सेट तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो ।

Tata
GBIME
Nepal Life

फोनपेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्ने कम्पनीले जनाएको छ।  

उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुने बताइएको छ।  दैनिक, साप्ताहिक र हरेक महिना लक्की ड्र मार्फत विजेता सार्वजनिक गरिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

दैनिक ५ ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यासब्याक प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ।

यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् । यस्तै हरेक हप्ता एकजना ग्राहक र एकजना व्यापारीले २५ हजार रूपैयाँ बराबरको मोबाइल फोन जित्न सक्नेछन् ।

हरेक महिना एकजना ग्राहक र एकजना व्यापारीले दुबई ट्रिप समेत जित्न सक्ने कम्पनीको योजनामा रहेको बताइएको छ। दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप तीन जनालाई पनि दुबई ट्रिपमा लैजान पाउने कम्पनीले जनाएको छ ।

दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउने योजना आगामी जुन महिनाको अन्त्यसम्म सञ्चलन हुने बताइएको छ ।

यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउने पनि कम्पनीले जनाएको छ।

फोनपेका हाल ७५ हजार भन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य रहेका छन् ।

फोनपेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क बिस्तार गर्दै लगिरहेको छ ।