सुनको मूल्य फेरि बढ्यो, आइतबार प्रतितोला ७५ हजार, चाँदी ८ सय ९०, घटबढ अस्थिर






काठमाडौं। सुनको मूल्य फेरि उकालो लागेको छ। शुक्रवार प्रतितोला ७४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन चार सयले बढ्दै आइतबार प्रतितोला ७५ हजार रूपैयाँ पुगेको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ भने चाँदीको प्रतितोलामा ५ रूपैयाँले बढेर ८ सय ९० रूपैयाँ भएको छ।महासंघका उपाध्यक्ष ज्ञानुराजा शाक्यका अनुसार अमेरिका र इरान बीचको विवाद अन्त्य हुने संकेतका कारण सुनको मूल्यमा गिरावट आएको थियो। तर इरानले युक्रेनको विमान खसालेको पुष्टि भएसँगै तत्काल विवाद लम्बिने देखिँदा लगानीकर्ता सुनमा लगानी गर्दै सुरक्षित बन्न चाहेकाले मूल्य उकालो लागेको हो। 'यो विवाद जारी रहुन्जेल सुनको मूल्य घट्ने देखिएन,' उनले भने।


बिहेबारीको लगनको महिना सुरु हुनै लाग्दा अहिले सुन खरिद-बिक्रीमा उपभोक्तामा उत्साह देखिने बेला हो। ‘भाउ घटबढको अस्थिरता देखेर नेपाली उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेका छन्,‘ उनले भने। 

TATA
SANIMA new
Riddisiddi Cement


 


Share this Story

   

सुनको मूल्य फेरि बढ्यो, आइतबार प्रतितोला ७५ हजार, चाँदी ८ सय ९०, घटबढ अस्थिर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell