नेपालमा पनि होटलको रुम बेचिरहेको ओयो होटल्सले कर्मचारी कटौती गर्‍यो, भारत र चीनबाट सुरुवात

बिजमाण्डू
२०७६ पुष २७ गते ११:५६ | Jan 12, 2020
नेपालमा पनि होटलको रुम बेचिरहेको ओयो होटल्सले कर्मचारी कटौती गर्‍यो, भारत र चीनबाट सुरुवात


काठमाडौं। नेपालसहित विभिन्न देशमा सस्तो मूल्यमा होटलको कोठा उपलब्ध गराउँदै आएको ओयो होटल्स कम्पनीले कर्मचारी कटौती सुरु गरेको छ। कटौतीको सुरुवात भारत र चीनबाट गरिएको छ।

Tata
GBIME
Nepal Life

ब्लुमबर्गका अनुसार, कम्पनी आगामी चार महिनाभित्र भारत र चीनबाट कर्मचारी कटौती गर्ने भएको हो। कम्पनी करिब १२ सय कर्मचारी कटौती गर्दैंछ। 

चीनमा ओयो कम्पनीका करिब १२ हजार कर्मचारी छन्। कम्पनीले पाँच प्रतिशत कर्मचारी कटौती गरिसकेको छ। भारतमा १० हजार कर्मचारी छन्। त्यहाँ १२ प्रतिशत कर्मचारी कटौती गरिसकेको छ। 

बिक्री, आपूर्ति तथा सञ्चालन विभागका कर्मचारीहरू कटौती गरिएका छन्। कम्पनीले यसबाहेक अरू १२ सय कर्मचारी कटौती गर्न लागेको हो। 

ओराल नामबाट सुरू भएको कम्पनी सन् २०१३ बाट ओयो रुम्समा परिवर्तन गरिएको थियो। यसको सुरुवात रितेश अग्रवालले टीनएजमै गरेका थिए। 

कम्पनीले नेपालमा पनि होटलहरुसँग मिलेर सस्तो मूल्यमा कोठाहरू उपलब्ध गराउँदै आएको छ। नेपालका बारेमा भने ब्लुम्बर्गले केही पनि उल्लेख गरेको छैन।

ओयोमाथि सफ्ट बैंकले डेढ अर्ब डलर लगानी गरेको छ। कम्पनीको मूल्यांकन एक लाख करोड भारूभन्दा माथि पुगेको ब्लुमबर्गमा उल्लेख छ।