दुग्ध विकास संस्थानको महाप्रवन्धकमा ६ जना सर्टलिस्ट, व्यवसायिक कार्ययोजनाका लागि बोलायो

बिजमाण्डू
२०७६ पुष २४ गते १६:०२ | Jan 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा ६ जना सर्टलिस्ट भएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्वन्धी निर्देशिका २०७६को दफा ३ बमोजिम योग्यता परीक्षणका आधारमा उनीहरु सर्टलिस्ट भएको जनाएको छ।

सर्टलिस्ट भएका केदार दाहाल, रघुराज काफ्ले, रुद्रप्रसाद पौडेल, लोकबहादुर खड्का, डा. वेदबहादुर क्षेत्री र डा. शितलकाजी श्रेष्ठ छन्। सर्टलिस्ट भएका ६ जनालाईनै व्यवसायिक कार्ययोजना र प्रस्तुतीकरणका लागि बोलाएको छ।