गुगल बिजनेस ग्रुपले पुस १२ मा स्टार्टअप प्रदर्शनी गर्ने, यस्ता छन् आकर्षण 

बिजमाण्डू
२०७६ पुष ३ गते १५:४८ | Dec 19, 2019


काठमाडौं। नेपालका प्रविधि व्यवसायीहरूको समुह गुगल बिजनेस ग्रुपले पुस १२ गते स्टार्टअप प्रदर्शनी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

‘जिबिजि बिजफेस्ट’र ‘जिबिजि बिज स्टार्ट’ को यो दोस्रो संस्करण हुने छ। नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसनसँगको मुख्य सहकार्यमा कार्यक्रम गर्न लागिएको हो।

मेलाको उद्देश्य देशभरबाट नवउद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ। बिजस्टार्ट नाम दिइएको विशेष वर्कशपमा नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन्।

कार्यक्रमको अवधारणा बारेमा बोल्दै गुगल बिजनेस ग्रुपका प्रवन्धक अमित अग्रवालले कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउने र व्यापार प्रवर्धन र विस्तार गर्न सक्ने बताए। 

मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने छन्। 
प्रदर्शनीमा ’गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ। प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले यो स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन्। 

निर्देशिकामा सुचिकृत भएपछि ग्राहकले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन्। यसका साथै ती व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ। कार्यक्रम जावलाखेलस्थित डिएभी स्कुल परीसरभित्र हुने छ।