‘क्यान इन्फोटेक २०२०’ फागनु २ गतेबाट, प्रत्येक प्रदेशमा पनि हुने, यस्ता छन् यसपालिका विशेषता

बिजमाण्डू
२०७६ पुष ३ गते ०९:२२ | Dec 19, 2019
‘क्यान इन्फोटेक २०२०’ फागनु २ गतेबाट, प्रत्येक प्रदेशमा पनि हुने, यस्ता छन् यसपालिका विशेषता


काठमाडौं। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ‘क्यान इन्फोटेक २०२० ’ आयोजना गर्ने भएको छ। वार्षिक रुपमा आयोजना हुने यो कार्यक्रमको २६औं संस्करण आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ।

Tata
GBIME
Nepal Life

उपत्यका बाहिर प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीमा पनि प्रदर्शनी आयोजना गरिने भएको छ। 

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) बारे चेतना बढाउने उद्योग तथा उद्यमीको आवश्यकता बुझि त्यसका लागि चाहिने सहयोग उपलब्ध गराउन क्यान इन्फोटेक २०२० को आयोजना गरिएको आयोजकले बताएका छन्।

प्रदर्शनी व्यवसायी र ग्राहकको अन्तरक्रियाको लागि एक प्लेटफर्म हुने र व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्ने तथा नेटवर्क विस्तार हुने आयोजकले विश्वास लिएको छ। 

प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता हुनेछ।

सूचनाप्रविधि सम्बन्धी चासो राख्नेहरुका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगको बारेमा जानकारी हुने छ। विभिन्न खण्डहरु रहने प्रदर्शनीमा ब्राण्डिङ, आइसिटी एसिसोरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबटिक्स, ई-वेष्ट म्यानेजमेण्ट,  वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आइटी कलेजका विद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुनेछन्।

अपरेटिङ सिस्टम, सफ्टवेयर,  नेटवर्किङ सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सेक्युरिटी सोलुयुसन, सोलर पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेक्सटप कम्यूटर, प्रिन्टर, पावर सिस्टम, कम्यूटर एक्सोसरिज, एण्टी-भाइरस सफ्ट्वेयर, बैंकिङ सोलुसन, सिसिटिभी र हार्ड डिक्स जस्ता सामाग्री प्रदर्शन गरिने भएको छ। 

यसैगरि आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज,  बैंक, बिमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयरका बारेमा पनि जानकारी गराइने छ।