एनसेलले पायो १८०० ब्याण्डको फ्रिक्वेन्सी, पहिलो पटक भयो बोलकबोल, मूल्य ५ करोड ८० लाख

बिजमाण्डू
२०७६ पुष २ गते १३:४५ | Dec 18, 2019


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक गरेको फ्रिक्वेन्सी बोलकबोलमा सहभागिता जनाएको एनसेलले नेपाल टेलिकमलाई उछिनेर फ्रिक्वेन्सी पाएको छ। प्राधिकरणले ९००, १८०० र २१ सय ब्याण्डको फ्रिक्वेन्सी बोलकबोलमा राखेको थियो।

Tata
GBIME
Nepal Life

बुधबार १८०० ब्याण्डको फ्रिक्वेन्सी मूल्य बढाबढमा बिक्री भएको हो। एनसेलले नेपाल टेलिकमलाई उछिन्दै १८०० ब्याडको फ्रिक्वेन्सी पाएको हो। 

एनसेलले प्रति मेगाहर्ज ५ करोड ८० लाख रूपैयाँका दरले फ्रिक्वेन्सी पाएको हो। एनसेलसँग अहिले ११ सय ब्याण्ड छ। अब १८०० मा एनसेलले ७ सय अरू पाउने छ। १८०० पाउनु भनेको अर्थ एनसेलले यतिसम्म चलाउन पाउँछ भन्ने हो।

१८०० ब्याण्डमा कुल ७५ मेगाहर्जमध्ये १६ मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ। यो ब्याण्डमा नेपाल टेलिकमले १५ मेगाहर्ज, एनसेलले ११ मेगाहर्ज, युटीएल र स्मार्ट टेलिकमले १२/१२ मेगाहर्ज र नेपाल स्याटलाइटले ९ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेका छन्।