सनराइज बैंकको शाखा रसुवाको टिमुरेमा, एटिएम पनि सञ्चालन गर्यो

बिजमाण्डू
२०७६ मंसिर २९ गते १७:५० | Dec 15, 2019


काठमाडौं। सनराइज बैंकले रसुवाको टिमुरेमा शाखा खोलेको छ। बैंकको यो १२७औं शाखा कार्यालय हो।

Tata
GBIME
Nepal Life

शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा गरेका छन्। 

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दावा दोर्जे तामाङले एटिएमको उद्घाटन गरेका छन्। बैंकका १४७ एटिएम पुगेको छ।