एनसेल मेला २०७६ भोलि बिर्तामोडमा, यस्ता छन् कार्यक्रम

बिजमाण्डू
२०७६ मंसिर २९ गते १६:१७ | Dec 15, 2019


बिर्तामोड। एनसेल प्राईभेट लिमिटेडले मनोरञ्जनले भरीपुर्ण ‘एनसेल मेला २०७६’ बिर्तामोडको सुगम पेट्रोल पम्प मैदानमा सोमबार आयोजना गर्ने भएको छ। यो मेला एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ। 

Tata
GBIME
Nepal Life

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु, फुड स्टलहरु विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन्। यो मेला ११ बजे शुरु भई कन्सर्ट सहित साझ ६ बजे आयोजना हुनेछ। 

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन्। मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन्। 

मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन्।      

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनीगो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु हुनेछन्।