आइएमइ जनरल इन्स्योरेन्स ‘एसियाज् मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९’ बाट सम्मानित 

बिजमाण्डू
२०७६ मंसिर २९ गते १५:५२ | Dec 15, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड 'एसियाज् मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९' बाट सम्मानित भएको छ। 

थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्रान्ड कन्सल्टिङ कर्पोरेसन (आइबिसी) ले सम्मानित गरेको हो।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरेका थिए। 

ढकालले आइबिसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुऱ्याउनु हुने सम्पूर्णलाई बधाइ दिएका थिए।  

एशियाका विभिन्न देशहरुबाट १०० वटाभन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।