नेपाल सेवा लघुवित्तको लाभांश दर थप खुम्चियो, २.६२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव

बिजमाण्डू
२०७६ मंसिर २९ गते १४:५६ | Dec 15, 2019
नेपाल सेवा लघुवित्तको लाभांश दर थप खुम्चियो, २.६२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव


 

Tata
GBIME
Nepal Life

काठमाडौँ। नेपाल सेवा लघुबित्त वित्तीय संस्थाको लाभांश दर थप खुम्चिएको छ । संस्थाले हाल कायम चुक्ता पुँजी ६ करोड रूपैयाँको २.६२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो । संस्थाले उक्त बोनसको कर प्रयोजनार्थ छुट्टै ०.१२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

संस्था सञ्चालक समितिको गत बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । सिन्धुपालचोकको फाटकशिला मुख्य कार्यालय रहेको संस्थाले अघिल्लो वर्ष ५.२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ६ करोड र जगेडा कोषमा जम्मा १६ लाख ४१ हजार रूपैयाँ छ । गत वर्ष २६ लाख रूपैयाँ नाफा गरेको थियो । प्रतिशेयर आम्दानी ४ रूपैयाँ ३५ पैसा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ७ रूपैयाँ ७३ पैसा छ ।