जावलाखेल युवा क्लवको मूख्य प्रायोजक प्रभु बैंक, दुई किस्तामा २५ लाख दिने

बिजमाण्डू
२०७६ मंसिर २९ गते १४:०७ | Dec 15, 2019
जावलाखेल युवा क्लवको मूख्य प्रायोजक प्रभु बैंक, दुई किस्तामा २५ लाख दिने



काठमाडौं। प्रभु बैंक जावलाखेल युवा क्लबको मूख्य प्रायोजक बनेको छ। ललितपुरको जावलाखेल युवा क्लबसँग बैंकले मूख्य प्रायोजक हुनका लागि सम्झौता गरेको छ। 

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्।

बैंकले आप्mनो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउने छ। यस बापत क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक हुने छ। 

जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउने छ।

क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ।

साथै क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लेखेको जर्सी लगाउनेछन्। जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण हुने छ।