सोनम गेयरको विन्टर सेल, आफ्ना सामानमा ६० प्रतिशतसम्म छुट दिने

बिजमाण्डू
२०७६ मंसिर २७ गते १४:५८ | Dec 13, 2019
सोनम गेयरको विन्टर सेल, आफ्ना सामानमा ६० प्रतिशतसम्म छुट दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर ल्याएको छ।

यो योजना अनुसार ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ। कम्पनीका अनुसार सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिमसेट, स्वेटर, कोट, ट्रेकिङका पोशाक, टेण्ट, ब्याग लगायत उत्पादनहरु उपलब्ध छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्याण्डमार्कमा आउटलेट छ।