एमजी जेडएस गाडी सार्वजनिक, मूल्य ५० लाख रुपैयाँबाट सुरु, विद्युतीय गाडीमा थपियो प्रतिस्पर्धा

बिजमाण्डू
२०७६ मंसिर २६ गते १६:५१ | Dec 12, 2019
एमजी जेडएस गाडी सार्वजनिक, मूल्य ५० लाख रुपैयाँबाट सुरु, विद्युतीय गाडीमा थपियो प्रतिस्पर्धा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक गरेको छ।

कम्पनीले ४० जना ग्राहकहरुलाई यो गाडी बिक्री गरिसकेको जनाएको छ। एमजी जेडएस जुलाईमा प्रि-बुकिङ  खुलाएको थियो। नेपालमा डेढ सय भन्दा बढि बुकिङ भइसकेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यो गाडीले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ। एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किलोमिटरसम्म माइलेज दिन्छ र यसको ब्याट्री आयु ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको कम्पनीले जनाएको छ।

 यो गाडीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रूपैयाँ छ। 'हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं,' पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने, 'एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडी जनवरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहरूलाई हस्तान्तरण गर्नेछौं।'