कुमारी बैंकको एपमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक, दैनिक १०० रुपैयाँसम्म फिर्ता

बिजमाण्डू
२०७६ मंसिर २५ गते १२:४७ | Dec 11, 2019
कुमारी बैंकको एपमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक, दैनिक १०० रुपैयाँसम्म फिर्ता


काठमाडौं। कुमारी बैंकले सय रूपैयाँको टपअप गर्दा अर्को एक सय रूपैयाँ क्यासब्याक हुने स्किम ल्याएको छ। 

Tata
GBIME
Nepal Life

बैंकको मोबाइल एप डाउनलोड गरी कारोबार गर्नेलाई यो सुविधा प्राप्त हुने छ। बैंकले  १०० मा १०० र 'स्क्यान एण्ड पे' स्किम ल्याएको छ। 

क्यासब्याक योजनामा सहभागी हुन ग्राहकले पहिलो चोटी कुमारी मोबाइल बैंकिङको प्रयोग गरेको हुनुपर्नेछ। 

'स्क्यान एन्ड पे' योजनामा विभिन्न रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाइने छ। विभिन्न पसल तथा रेस्टुराँहरूमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक आधिकतम सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना फागुन १७ गतेसम्म लागू हुने छ।

कुमारी बैंकले एपमार्फत पानी, बिजुली, सारथीको ट्याक्सी, नेपाल ग्यास, इन्टरनेट आदिको महसुल भुक्तानी गर्ने सेवा यस अघिबाटै दिँदै आएको छ। कुमारीका देशभर १ सय १६ शाखा सञ्जाल, १ सय ११ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइहरू छन्।