हिमालय एयरलायन्सले मलेसिया उडान पुन: सुरु गर्‍यो, भ्रमण वर्ष समेत लक्षित गरेर उडान

बिजमाण्डू
२०७६ मंसिर २५ गते ११:५३ | Dec 11, 2019
हिमालय एयरलायन्सले मलेसिया उडान पुन: सुरु गर्‍यो, भ्रमण वर्ष समेत लक्षित गरेर उडान

Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालय एयरलायन्सले सोमबारदेखि मलेसिया उडान पुन: सुरू गरेको छ। मलेसिया रोजगारीमा समस्या आएपछि कम्पनीले उडान स्थगित गरेको थियो।

कम्पनीले  भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्ने उद्देश्यले उडान पुन: थालिएको जनाएको छ। सोमबार डेढ सय यात्रु लिएर हिमालय एयरलाइन्स क्वालालम्पुर उडान गरेको थियो।

‘हामी क्वालालम्पुर र काठमाडौं बीचको सिधा उडान पुनः संचालन गर्न पाउँदा एकदमै हर्षित छौं। यो उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ,’ प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले  भने, ‘यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ।‘ कम्पनीले साताको दुई उडान गर्नेछ।

दुवै रूटमा बिजनेस क्लासका लागि ४० किलो र इकोनामी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क दिइएको कम्पनीले जनाएको छ।